भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

  Sampatti News Online

November 4, 2023

काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी ३७५ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ जनाको मृत्यु भएको हो । ७२ महिला र ३३ पुरुषको मृत्यु भएको छ । यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । २७ महिला र २५ पुरुषको मृत्यु भएको जानकारी दिइएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, नेपालगन्जको भेरी अस्पताल र काठमाडौंको शिक्षण अस्पतालका साथै जिल्ला अस्पतालहरुमा घाइतेको उपचार भइरहेको हो ।

प्रकाशित मिति:November 4, 2023