अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  Sampatti News Online

November 5, 2023

जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन्  ।

मृत्यु हुनेमा हिमा १ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका १ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा १ बड्कीमा दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:November 5, 2023