शेयर बजारमा २१.४६ अंकको गिरावट

  Sampatti News Online

November 5, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २१.४६ अंकले घटेर एक हजार ८ सय २६ दशमलब २३ विन्दुमा बन्द भएको हो ।    

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ। यस दिन २८९ स्टकको ३९ हजार ३२२ पटकको कारोबारमा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

  नेप्सेका अनुसार आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६१४ रुपैयाँ पुगेको छ । यस्तै आज तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयरमूल्य पनि ५.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७११.९० रुपैयाँ पुगेको छ ।  

आइतबार हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।    

  १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।      

प्रकाशित मिति:November 5, 2023