भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Nepal Cover
२० कार्तिक २०८०, सोमबार
image

काठमाडाैं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज कार्तिक २० गते अन्तिम दिन रहेको छ। कम्पनीले कार्तिक १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ।

कम्पनीले सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको छ । स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको हो । यस निष्काशनमा आज कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

हालसम्म कति पर्यो आवेदन

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा आइतबार साँझसम्म ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन परेको छ । ८ लाख ४७ हजार ७७० जना आवेदकहरुले ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । जुन सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ४.७६ गुणा बढी हो ।