१५ लाख कुईन्टल बढी उँखु क्रसिङ गर्ने लक्ष्य सहित बाबा बैजुनाथ सुगर मिल्स सञ्चालनमा

  Sampatti News Online

November 6, 2023

रौतहट २० कार्तिक।
जिल्लामैं ठूलो उद्योगको रूपमा रहेको स्थानीय कटहरिया नगरपालिका ९ डुमरिया स्थित बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इनड्रस्टिज सञ्चालमा आएको छ। आईतवार विधिवत रुपमा मिलको डोंगा पूजा गरिएको पछि आजदेखि चिनिमिल सञ्चालनमा आएको हो। ब्राहमण द्वारा हिन्दू परम्परा अनुसार मन्त्रोच्चारण सहित मिलका निर्देशक अभय प्रकाश जैसवाल दम्पतीले दोंगा पूजा गरेका थिए।
शुभ साईत अनुसार विधिवत डोंगा पुजा पश्चात आजैदेखि मिल सञ्चालनमा आएको छ। उद्योग सञ्चालन गर्नुअघि प्रत्येक सिजनमा दोंगा पूजा गर्ने प्रचलन रहेको छ। उखु क्रसिङ गर्नु अघि खरिद गरिएको उंखु राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्ने गर्दछन्। पूर्ण बिधि विधान अनुसार डोंगालाई पुजा गरेर मिल सञ्चालन गरेमा वर्षभरि बिना बाधा राम्ररी सञ्चालन हुने धार्मिक मान्यता रहेको पाइन्छ। मिल सञ्चालनको क्रममा आईतवार सब भन्दा पहिले मिलमा उँखु ल्याएका कटहरिया ३ का एकजना किसान सोगारथ बैठा लाई निर्देशक अभय प्रकाश जैसवालले दोसाला ओढाएर सम्मान गरेका थिए।
बाबा बैजुनाथ चिनिमिल सञ्चालन भएदेखि नै घाटा बेहोर्दै आएपनि यस पटक १५ लाख कुईन्तल भन्दा बढी उँखु क्रसिङ गर्ने लक्ष्य सहित सञ्चालन गरिएको चिनिमिल सञ्चालन समितिका अध्यक्ष बैजु बाबराले बताएका छन। उनले बिबिध कारणले गतवर्ष मात्र सातलाख कुईन्टल क्रसिङ गरी बन्द भएको थियो । गत वर्ष क्रसिङ भएको उँखु बापतको किसानलाई सम्पूर्ण भुक्तानी भइसकेको उनले बताएका छन। नेपाल सरकारले दिँदैआएको अनुदानको केही बक्यौता रकम केहीदिन भित्रै भुक्तानी गराउने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष बाबराले जानकारी दिएका छन। साथै यस सिजनमा उखु खेती गर्ने किसानको सुविधाको सुबिधा स्वरूप मिलले मलखाद , बीउ तथा ऋण स्वरूप खेती अनुसारको केही रकम समेत दिने योजना रहेको छ। समयमा उँखुको भुक्तानी नपाएर विगतमा उँखु खेती गर्न छोडिसकेका दर्जनौं किसानहरु मिलले नियमित भुक्तानी दिनथाले पछि पुनः उँखु खेती गर्नाथालेको उनले बताए। यस सिजनमा पनि मिलमा चालान हुने उँखुको निर्धारित समयभित्र भुक्तानी तालिका अनुसार भुक्तानी दिने योजना अनुसार मिल सञ्चालन गरिएको अध्यक्ष बाबराले प्रतिबद्धता जनाएका छन् ।
बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डस्ट्रीज कटहरिया ९ डुमरियाका जिएम सियाराम साहले मिल सञ्चालनको पहिलो चरण आजदेखि उँखु ल्याउन किसानलाई चालान पुर्जी वितरण सुरुभएको बताएका छन। यस सिजनमा लक्ष्य अनुसारको उँखु ल्याउनको लागि रौतहटका साथै छिमेकी जिल्लाहरू बारा र सर्लाहीका किसान तथा स्थानिय प्रशासन संग सहमतिको लागि पहल भइरहेको जिएम साहले जानकारी दिएका छन। लक्ष्य अनुरुप उँखु क्रसिङ गर्नसकेमा व्यवसायिक दृष्टिकोणले सञ्चालन गरिएको चीनी मिल कुनै पनि हालतमा घाटामा नजाने जिएम साहले विश्वास ब्यक्त गरेका छन। रौतहट स्थित सब भन्दा ठूलो उद्योगको रूपमा रहेको श्रीराम सुगर मिल्स गरुडा ले पछिल्ला वर्षहरूमा उँखु बापतको भुक्तानी वर्षौसम्म पनि नदिँदा आर्जित भएका यहाँका किसानहरू उँखु खेती गर्न छोडेका थिए। बिगतमा १५ देखि २० लाख कुईन्टल उँखु उत्पादन हुने रौतहटमा पाँच लाख कुईन्टल भन्दा पनि कम उत्पादन भइरहेको थियो। तर दुईबर्ष अघि श्रीराम सुगर मिल बन्द भएपछि बाबा बैजुनाथ सुगर मिल कटहरियाको पहलमा जिल्लाका किसानहरु पुनः उँखु खेती सुरु गरेका छन। किसानले मिलमा चालान गर्ने उँखुको भुक्तानी समयमा मिलले दिने र सरकारले दिने अनुदान समयमा दिने हो भने फेरि पनि रौतहटमा वर्षेनी २० लाख कुईन्टल उँखु उत्पादन गर्नु ठूलो विषय नभएको किसालाहरुको ठम्याई रहेको छ।

सञ्जय मिश्रा

प्रकाशित मिति:November 6, 2023