युवा संघले भुकम्पमा घाइते भएका बिरामीका लागि रक्तदान गर्ने

Nepal Cover
२० कार्तिक २०८०, सोमबार
image

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको कार्यालय कमिटीको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ ।
संघका संयोजक कृष्ण विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

युवा संघ नेपालले कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दू बनाएर गएको भूकम्पमा परि विभिन्न जिल्लामा ज्यान गुमाउनु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग र राहतकार्यमा जुट्न जिम्मेवारी तोक्दै विभिन्न निर्णयहरु गरेको छ ।

संघले रक्तदान कार्यक्रमका लागि सुर्खेत, बाँके(नेपालगन्ज र काठमाडौं उपत्यकामा गर्ने र कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटीको संयोजकत्वमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु रहने गरि भुकम्प प्रभावित भूगोलको स्थलगत अध्ययन सहित पार्टी कमिटीसङ समन्वय गरि प्रभावकारी कार्यक्रम तय गर्ने महत्वपूर्ण निर्णयहरु भएको संघका कार्यलय प्रमुख नरेश गिरीले बताए ।

भूकम्पमा परी एकसय चालीस भन्दा बढीले ज्यान गुमाएका र दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।