प्रधानाध्यापकले गरे विद्यालयमै झुन्डिएर आत्महत्या

  Sampatti News Online

November 6, 2023

सिरहाको गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

विद्यालयको निर्माणाधीन तेस्रो तलाको सभाहलमा झुन्डिएको अवस्थामा आइतबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो। खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुन्डिएको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुन्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:November 6, 2023