राष्ट्रपतिको युरोप भ्रमण स्थगित

Nepal Cover
२० कार्तिक २०८०, सोमबार
image

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन्। भूकम्पका कारण देशको परिस्थिति अनुकुल नरहेको भन्दै राष्ट्रपति पौडेलले फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्थगित गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। 

पेरिसमा आयोजना हुने ‘पेरिस पीस फोरम’मा उनी बुधबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको युरोप भ्रमणलाई स्वीकृति दिएको थियो। 

राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने र मंसीर १ गते स्वदेश फर्किने कार्यक्रम तय भएको थियो।