काठमाडौँ महानगरले ल्याए ‘साथी महानगर’ योजना

Nepal Cover
२० कार्तिक २०८०, सोमबार
image

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विपन्न वर्गका परिवारलाई किरिया खर्चका लागि २० हजार रुपैयाँसम्म र सुत्केरी सहयोगका लागि १० हजार रुपैयाँसम्म दिने बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमा स्टाटस हाल्दै खर्चको अभावमा संस्कार छोड्नु नपरोस् भन्दै ‘साथी महानगर’ स्वर्णिम योजनाअन्तर्गत ‘भेटौंला, महानगरबासीको दुःख मेटौंला’ कार्यान्वयनमा ल्यइएको उल्लेख गरेका छन् । 

‘सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो,’ उनले लेखेका छन्, ‘सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव नहोस् । किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्। जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस्।’

यदी कसैलाई महानगरपालिकाले प्रदान गर्ने सहयोग लिन परे आफू बस्ने वडा कार्यालय वा महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्न समेत उनले अनुरोध गरेका छन् ।