अपरेसनमा संलग्न महरा पक्राउ, अस्पताल सञ्चालक अझै फरार

महिला मृत्यु प्रकरण

  Sampatti News Online

November 8, 2023

रौतहट २२ कार्तिक।
रौतहटको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बिर्तामा स्थित ईमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभावी पाठ्यघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरा पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय गरुडा बाट गएको टोलीले महरा लाई सर्लाहीको हराकठवा बजार बाट मंगलवार राती पक्राउ गरेको हो।
पक्राउ महरा अहिले ईलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको डिएस्पी ओम प्रकाश खनालले बताएका छन। बिर्ता स्थित जनसेवा अस्पतालमा बिरामी महिला नुरजहा खातुनको पाठ्यघरको अपरेसनमा महराको संलग्नता रहेको डिएस्पी खनालले बताएका छन। महरा बिर्ता स्थित झोले अस्पताल जस्तै सर्लाही हरकठवा बजारमा श्रीराम अस्पताल सञ्चालन गरेको र त्यहीँ बाट पक्राउ गरिएको डिएस्पी खनालले जानकारी दिएका छन। महरा सिएमए हुन।अपरेसन गर्ने मुख्य डाक्टर तथा अस्पताल सञ्चालक गरुडा ८ का राजेन्द्र यादव भने हालसम्म फरार रहेका छन।
डाक्टरको चरम लापरवाहीका कारण बिरामी महिला
चन्द्रपुर नगरपालिका ७ बनबौहरीका ईब्राहिम सिद्विकिको ३० बर्षिय श्रीमती नुर्जहान खातुनको ज्यान गएको पीडित परिवारले बताएको छ।
पछिको समय पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई उक्त अस्पतालमा चेकजाँच गराउँदा डाक्टरले पाठ्यघरको अपरेसन गर्नुपर्ने बताएका थिए। डाक्टरको सुझाव अनुसार सोमवार बिरामी खातुन लाई ईमरजेन्सी जनसेवा हस्पिटल बिर्तामा अप्रेसन गराउन लगेको थियो । सोमवार साँझ डाक्टरले खातुनको पाथ्यघरको अपरेसन गरेपछि अत्यधिक रक्तश्राव भएर उनी अत्यन्तै सिकिस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
अचेत भएकी बिरामी खातुनलाई डाक्टरको सल्लाह अनुसार थप उपचारको लागि एम्बुलेन्स बाट वीरगंज स्थीत मेट्रो सिटी अस्पतालमा
लैजाँदा सोमवार राति डाक्टरले मृत घोषणा गरेको उनका श्रीमान इब्राहिम सिद्विकीले बताएका छन। बिरामी नुरजहाँ खातुनको मृत्यु पछि मंगलवार दिउँसो पिडित परिवार र स्थानीयहरु हस्पिटलका संचालक यादव र उपचारमा संलगन डाक्टरलाई पक्राउ गर्न माग गर्दै हस्पिटल अगाडि बिरोध प्रदर्शन गरिरहेका छन ।
घट्ना पछी हस्पिटलका संचालक राजेन्द्र यादव र अपरेसन गर्ने डक्टर हस्पिटल बन्द गरेर फरार भएका छन। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओम प्रकाश खनालले घटनाको पुष्टि गर्दै मृतक महिला खातुनको शव फोरेन्सिक स्वास्थ जाँचको लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको बताएका छन।
साथै महिलाको अपरेसन गर्ने डक्टर तथा हस्पिटल सञ्चालक राजेन्द्र यादवको खोजी तथा थप अनुसन्धान भइरहेको बताएका छन। अस्पताल सञ्चालक पैसाको लोभमा परेर सीमावर्ती भारतीय बजार बाट डक्टरका सहयोगी कम्पाउन्डर लाई बोलाएर बिभिन्न प्रकारको अपरेसन गराउँदै आएको पीडित परिवारको आरोप रहेको छ। बिरामीलाई बेहोस गर्ने दक्ष जनशक्ति बिना , सुबिधा सम्पन्न अपरेसन कक्ष समेत उचित व्यवस्थापन बिना पाठ्यघरको अपरेसन गरेकाले खातुनको मृत्य भएको पीडित परिवारको भनाई छ। रौतहटमा नियमनकारी निकायको अभावमा जिल्लाको ग्रामीण क्षेत्रमा बिना सुविधाको दक्ष जनशक्ति नहुँदै दर्जनौं अस्पताल सञ्चालन गरिएको छ। सञ्जय मिश्रा

प्रकाशित मिति:November 8, 2023