कतहरियामा नगरको कार्यालय र खानेपानीको विधुत लाईन काटियो

  Sampatti News Online

November 8, 2023

रौतहट २२ कार्तिक।
रौतहटको कटहरिया नगरपालिकाको कार्यलय र खानेपानीको उपभोक्ता समितिको विद्युत लाईन काटिएको छ। लामोसमय देखि विद्युत महसुल नबुझाएको कारण नगरको कार्यालय र खानेपानी उपभोक्ता समितिको विधुत लाईन काटिएको हो।
विद्युत आपूर्ति नहुँदा पछिलो तीन दिन देखि कटहरिया नगरपालिकाको सम्पूर्ण काम अवरुद्ध भएको छ। कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले विद्युत आपूर्ति नहुँदा नगरको कार्यालयकोसम्पुर्ण कामकाज ठप्प भएको बताएका छन्।त्यसैगरी खानेपानीको विद्युत आपूर्ति नहुँदा दीपावली छठ पर्वको अवसरमा कटहरिया ४ र ५ वडाका १६ सय सेवाग्राही शुद्द खानेपानी बाट वञ्चित भएका छन्। नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले नगरपालिका माथि करिब ४ लाख र खानेपानी उपभोक्ता समिति माथि १६ लाख रुपैयाँ विद्युत महसुल बक्यौता रकम नबुझाउँदा मिटर खोलेर ल्याईएको बताएका छन। कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर कुमारले सिंहले मंगलवार विद्युत प्राधिकरण मौलापुरको नाउँमा तिनलाखको चेक काटेकाके आज देखि विद्युत आपूर्ति हुने बताएका छन। उता खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले कटहरिया नगरपालिकाले पानीको महसुल नगरपालिकाले निःशुल्क घोषणा गरेको तर विधुत महसुल नबुझाएको कारण समस्या भएको बताएका छन्।

प्रकाशित मिति:November 8, 2023