तस्कर संग पैसालिएको आरोपमा असई यादव निलम्बनमा

  Sampatti News Online

November 10, 2023

रौतहट। सर्लाही स्थित प्रहरी चौकी संग्रामापुरका ईन्चार्ज मनोज यादव निलम्बनमा परेका छन। सीमा वारपार हुनेगरेको तस्करीमा तस्कर संग साँठगाँठ रहेको आरोपमा असई यादव निलम्बनमा परेका हुन।
असई यादव प्रहरी चौकी संग्रामपुरका इन्चार्ज रहेका थिए । तस्कर संग पैसा लिएर तस्करीको सामान सहित मोटरसाइकल र मानिस छाडेको एथेस्ट प्रमाण पुगेपछि सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालाले घटनाको छानबिनका लागि असई यादवलाई निलम्बन गरेको प्रहरीले जनाएको छ।
गत शुक्रवार दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर असई मनोज यादवले ५० हजार रुपैयाँ लिएको खुलाशा भएको छ । असई यादवले तस्करलाई नियन्त्रणमा लिएर पैसा देउ नत्र मोटरसाइकल सहित भित्र थुनिदिन्छु साथै लागु औषधमा फसाइ दिन्छु भनि डराइ धम्काई उनीहरू संग रहेको नगद १० हजार र लिएको र ४० हजार रुपैयाँ स्थानीय एक जनाको खातामा जम्मा गर्न लगाएर सामान सहित मोटरसाइकल र तस्करलाई छोडेको स्रोतको दाबी छ।
असई यादवको दादागिरी बारे पीडितले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जानकारी गराएपछि एस्पी धितालले मनोजलाई झिकाएर बयान समेत लिएपछि निलम्बनको प्रकृया बढाएका थिए।
असई यादव कारवाहीबाट जोगिन बिभिन्न राजनितिक ब्यक्तित्व संग सर्लाही प्रहरी नेतृत्वलाई दवाब दिलाईरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति:November 10, 2023