दीप आर्टस प्रेस चन्द्रपुरमा आगलागी,१ करोडको क्षति

Nepal Cover
२४ कार्तिक २०८०, शुक्रबार
image

पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित दीप आर्टस प्रिन्टिङ प्रेसमा गएराति भएको आगलागी बाट झण्डै १ करोड रुपैयाँ बराबरको क्षति भएको छ। गौर रोडमा रहेको दिप आर्ट्स प्रेसमा बुधबार राति ८ बजेर ३५ मिनेटमा अचानक भएको आगलागी बाट प्रेस पूर्ण रुपमा जलेर नष्ट भ‌एको छ । साथै तीनवटा प्रिन्टिङ मेसिन जलेर झण्डै १ करोड बराबरको क्षति भएको पीडितले जनाएको छ। प्रेसमा भएको आगलागीबाट सोही घरमा रहेका अन्य एकपसल र एक कार्यालयमा पनि क्षति पुगेको ईलाका प्रहरी कार्यालय चन्द्रनिाहपुरका प्रमुख डिएस्पी एक नारायण कोईरालाले बताएका छन।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय मिलेर चन्द्रपुर , निजगढ र हरिवन बाट आएको तीनवटा दमकलको सहायताले करिब ३ घण्टाको संघर्ष पछि आगलागी नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दामोदर केसीले आगलागी बाट ६० लाख रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक अनुमान गरिएको तथा
क्षतिको एकिन विवरण लिन प्रहरी परिचालन गरिएको बताएका छन।आगलागीको कारण भने खुल्न नसकेको तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ। सञ्जय मिश्रा