कृषि विकास बैंक द्वाराभूकम्पपीडितहरुकालागि प्रधानमन्त्री दाहाललाई ५० लाखको चेक हस्तान्तरण

  Sampatti News Online

November 11, 2023

काठमाडौं । कृषिविकास बैंक लि.द्वाराभूकम्पपीडितहरुकालागि प्रधानमन्त्री दाहाललाई ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

कर्णालीप्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्पजाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ । राष्ट्रियविपदको यस दुःखदघडीमा खोज, उद्धार र राहतकालागि भूकम्पबाट पीडित एवं प्रभावितकालागि सहायतास्वरुप कृषिविकास बैंक लि.द्वारा भूकम्प पीडितहरुकालागि प्रधानमन्त्री दाहाललाई ५० लाखको चेक हस्तान्तरण गरेका छन् । उक्त चेक कृषिविकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीज्यूलाई हस्तान्तरणगर्नु भएकाे छ । साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।
कृषिविकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विगतमा पनिभूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकमजम्मा गरेको थियो ।

प्रकाशित मिति:November 11, 2023