हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्प प्रभावितलाई ३५ लाख बराबरको राहत सामग्री सहयोग

  Sampatti News Online

November 11, 2023

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भूकम्प प्रभावितका लागि राहत सामग्री प्रदान गरेको छ ।

कम्पनीले ३५ लाख रुपैयाँ बराबरको १ हजार ८७८ थान त्रिपाल र २ हजार कम्बलसहित राहतका सामग्री उपलब्ध गराएको जनाएको छ ।
‘१ हजार ८७८ थान त्रिपाल रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालय मुसिकोट पुगिसकेको छ भने कम्बलहरु पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हालै नेपालको पश्चिमी क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि प्रभावित समुदायलाई सहयोग गर्न प्रभावकारी रुपमा कार्य गरिरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:November 11, 2023