चक्कू प्रहारबाट घाईते रौतहटका युवक राहुलको मृत्यु

  Sampatti News Online

November 13, 2023

रौतहट २७ कार्तिक। रौतहट स्थित चक्कू प्रहार बाट एकजना युवकको मृत्यु भएको छ। चक्कु प्रहार बाट गम्भीर घाइतेभएका स्थानिय राजदेवी नगर पालिका ६ का २० वर्षीय राहुल साहको उपचारको क्रममा आज बिहान एल एस न्युरो होस्पिटल बिरगंजमा मृत्यु भएको हो।
गत शुक्रबार नेमधारी बासुदेब नमुना माध्यमिक बिद्यालय मुडवालबाले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।
सोही कार्यक्रम हेर्न गएका नागेन्द्र साह तेलीका छोरा राहुल साह तेली र सोही ठाउँका उमेश साह बानियाको २० वर्षीय छोरा राहुल गुप्ता बीच बिवाद भएको थियो। बिद्यालय कम्पाउन्ड बाहिरै भएको बिवादमा राहुल गुप्ताले राहुल साहको पेट तथा छातीमा ३ पटक छुरा प्रहार गरी घाईते बनाएको थियो।
घाइते भएको अवस्थामा पनि राहुल साहले आरोपि राहुल गुप्तालाई लाइ समातेर बिद्यालय प्रशासनको जिम्मा लगाएको स्थानिय सञ्चारकर्मी राकेश यादवले बताएका छन्।
लगत्तै घाईते युवालाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि एलएस न्यूरो अस्पताल बिरगंज लगिएकोमा आज बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको मृतक का काका राकेश साहले बताएका छन्।
मृत्युको खबर पछि घटनामा संलग्न मनिष गुप्ता, राजन साह सहित पीडकका घर परिवारका अन्य सदस्य समेत सम्पर्क बिहिन भएका छन्।
काठमाडौँमा अध्यन गरिरहेका मृतक राहुल साह दीपावली तथा छठ पर्व मनाउन घर आएका थिए। त्यस्तै आरोपि राहुल गुप्ता पनि गौर स्थित गौरी शंकर यादव क्याम्पसमा कक्षा ११ मा अध्यनरत रहेका थिए।आरोपी गुप्ता यस अघिपनि गाँउकै एकजना युवकलाइ मर्नासन्न हुनेगरि कुटपिट गर्दा ९० हजार रुपैयाँ जरिवाना गरिएको स्थानीयहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी दामोदर केसीले घटनाका मुख्य आरोपी राहुल गुप्ता नियन्त्रणमा रहेको अन्य आरोपिको खोज तलाश तथा थप अनुसन्धान भैरहेको बताएका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:November 13, 2023