गरुडाका मेयर द्वारा सैयौं ब्रतालुलाई छठ पर्व सामग्री बितरण

Nepal Cover
२८ कार्तिक २०८०, मंगलवार
image

रौतहटको मध्यभाग गरुडा नगर पालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले प्रत्येक वर्षझैं यसपटक पनि लोक आस्थाको पर्व छठ पर्व गर्ने सैयौं ब्रतालु लाई लुगा कपडा सहित ब्रत सामग्री बितरण गरेका छन्।
गरुडा ८ जिङगडिया स्थित आज एक समारोहका बिच मेयर जैसवालले १५१ जना स्थानिय ब्रातालु महिलालाई जनही एक एक थान छठ पर्वमा प्रयोग हुने बाँसको दौरा, सुपली र साडी पेटीकोट, चोलो सहितको सेट वितरण गरेका हुन।
यसरी छठ पर्वको अवसरमा आफू निर्वाचित हुनु अघि देखिनै ब्रतालु लाई कपडा सहित अन्य सामग्री बितरण गर्दै आएकाले मेयर बनेपछि पनि सोही कार्यलाई निरन्तरता दिएको उनले बताएका छन्।
यसरी ब्रतालुलाई कपडा तथा आवश्यक सामग्री बितरण कार्य गरुडा नगरपालिकाको सबै वडामा भइरहेको मेयर जैसवालले जानकारी दिएका छन्।