भारतमा ट्याक्टरको ठक्करबाट ब्रतालु महिलाको मृत्यु

Nepal Cover
३० कार्तिक २०८०, बिहीबार
image

रौतहट ३० कार्तिक।
रौतहटको सीमावर्ती भारतिय बजार बिहारको घोडासहनमा ट्रयाक्कटरले किचेर नेपाली ब्रतालु महिलाको मृत्यु भएको छ । स्थानिय पौराहा नगरपालिका ८ निवासी दिनानाथ पटेलको श्रीमती बर्ष ५५ को निसरिया देबि पटेलको घोडासहनमा ट्रयाक्क्टरले किचिएर मृत्यु भएको पीडित परिवारले जनाएको छ।

छठ पर्वको लागी समान खरिद गर्न श्रीमान सहित उनी घोडासहन गएको क्रममा बुधवार दिउँसो उक्त घटना भएको थियो। घटनाको भारतीय प्रहरीले अनुसन्धान तथा कार्वाही प्रकृया अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी दामोदर केसीले घटनाको पुष्टि गरेका छन्।

उक्त घटना बारे अनौपचारिक जानकारी आएको छ बिस्त्रित जानकारीको लागि सीमाक्षेत्रका प्रहरी युनिट लाई निर्देशन दिएको प्रवक्ता केसीले जानकारी दिएका छन।