ठूला दलका प्रमुख नेताहरु नै भ्रष्टाचारमा लिप्त भएपछि देशमा आर्थिक तरलता:प्रभु साहकाे टिप्पणी

  Sampatti News Online

November 17, 2023

रौतहट १ मंसिर। पूर्व मन्त्री तथा आम जनता पार्टी का अध्यक्ष प्रभु साहले प्रमुख दलका प्रमुख नेताहरु नै भ्रष्टाचारमा लिप्त भएका कारण देशमा आर्थिक तरलता आएको टिप्पणी गरेका छन्।
गृह जिल्ला रौतहटको फतुवा बिजयपुर,माधवनारायण नगरपालिकाको मिठुअवा र यमुनामाई गाउँपालिकाको मलहिनियामा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त टिप्पणी गरेका हुन।
ठूला दलका प्रमुख नेताहरु नै यहाँ भ्रष्टाचारमा लिप्त छन् र अन्य दलका केही नेताहरु पनि त्यही नेताको पछि लागेर राज्य कोषलाई कमाउधन्दा बनाएको अध्यक्ष साहले जिकिर गरेका छन्।
यस्ता भ्रष्ट नेताहरुका कारण आज देशको अवस्था कमजोर हुँदै गईरहेको छ । उनले दलतन्त्रको आडमा भइरहेको भ्रष्टाचारको विरुद्धमा आम जनता एकजुट हुनुको विकल्प नरहेको बताएका छन्।
अध्यक्ष साहले नेपालको आर्थिक अवस्था कमजोर बनाउने दलतन्त्रको अन्त्य नभए सम्म मुलुक समृद्ध बन्न नसक्ने बताउदै भ्रष्टाचारमा लिप्त भएका नेताहरूलाई गाउँगाउँबाट लखेटनु पर्ने उनले युवाहरुलाई आव्हान गरेका थिए।
शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी महासचिव उपेन्द्र साह, केन्द्रिय सचिव एवं पुर्व सांसद समिना हुसेन, स्थायी कमिटी सदस्यद्वय सुधिर यादव, त्रिभुवन साह, मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, मौलापुरकी मेयर रीना साह, बबिता यादव, पूर्व उपमेयर सिमल साह, दलित नेता रामनाथ माझी, रन्जु कुमारी साह, आम मुस्लिम मोर्चाका केन्द्रीय अध्यक्ष ललबाबु मंसूरी , कार्यालय सचिव बालकृष्ण सापकोटा, लगायतका नेताहरुले देश लाई समृद्व बनाउन आमजनता पार्टीको बिकल्प नरहेको विचार ब्यक्त गरेका थिए। कार्यक्रममा सैयौं महिला पुरुषको सहभागिता रहेको थियो। पूर्व मन्त्री तथा पार्टी अध्यक्ष प्रभु साह गत दशैं देखिनै सिंगो मधेश प्रदेशमा शुभकामना आदानप्रदान तथा संगठन बिस्तार अभियानमा लागेका छन्।

प्रकाशित मिति:November 17, 2023