छठघाटहरुमा दर्शनगर्दै प्रभु साहले ब्रतालुहरु संग लिए आशिर्बाद

Nepal Cover
५ मंसिर २०८०, मंगलवार
image

पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साह लोक पर्व छठको अवसरमा गृह जिल्ला रौतहटको क्षेत्र ३ अन्तर्गत बिभिन्न छठी घाटहरुको दर्शन गर्दै ब्रतालुहरुले संग आशिर्बाद लिएका छन। प्रत्येक वर्षझैं यस पटक पनि उनी आईतवार सँझिया घात र आज सोमवार छठ पर्वको लागि बनाईएका घाटहरुको दर्शन गर्दै ब्रतालुहरु संग आशिर्बाद लिएका हुन्। आईतवार पहिलोदिन सँझिया घाटको अवसरमा पूर्व मन्त्री प्रभु साह गृह नगर मौलापुर नगरपालिकाको छठी घातहरु बाट सुरुगरी देवाहि गोनाहि, कतहरिया फतुवा विजयपुर अन्तर्गत घाटाको दर्शन गरेका थिए। सो क्रममा प्रभु साह सबै घाटका व्रतालु संग आशिर्बाद लिनुका साथी स्थानिय संग भेट्घाट गरी पर्वको शुभकमना दिनुभयो।
त्यसैगरी आज छठ पर्वको अन्तिम दिन भोरवा घाटाको अवसरमा गरुडा गुजारा, बौधिमाई, लगायतको नगरपालिकामा रहेको छठी घाटहरुमा पुगेर दर्शन गर्दै ब्रतालु संग आशिर्बाद लिनुका साथै स्थानीय संग पर्वको शुभकामना आदानप्रदान गरेका थिए। उक्त अवसरमा पूर्व मन्त्री प्रभु साहका साथै आमजनता पार्टीका नेताहरु कुन्दन कुशवाहा, समिना हुसैन, त्रिभुवन साह, मनोज यादव, मौलापुर नगर प्रमुख रिना कुमारी साह,विजय यादव लगायतको सहभागिता रहेको थियो। पूर्व मन्त्री साह हरेक बर्ष बडा दशैं दीपावली र छठ पर्वको अवसरमा आफ्नो निर्वाचन क्षेत्रको प्रायः सम्पूर्ण स्थानिय तहमा शुभकामना आदानप्रदान गर्दै आएका छन।