अत्याधुनिक हतियारमा स्थानिय २ जनाको संलग्नता रहेको : प्रहरीको भनाई स्थानिय द्वारा निर्दोष फसाएको आरोप

  Sampatti News Online

November 21, 2023

रौतहट ५ मंसिर। रौतहट स्थित यमुनामाई गाउँपालिका बाट प्रहरीको संयुक्त टोलीले बरामद गरेको ४ थान अत्याधुनिक हतियारमा दुईजना स्थानीयको संलग्नता रहेको प्रहरीले जनाएको छ। तर स्थानीयले भने प्रहरीले दुईजना निर्दोष लाई फसाएको भन्दै बिरोध गरेका छन्।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय गौरका डिएस्पी दामोदर केसीको कमाण्डमा सशस्त्र प्रहरी सहित गत आईतवार अपरान्ह यमुनामाई गाउँ पालिका -३ मलहिनिया स्थित एक घरबाट ९ एमएम पेस्तोल ३ नाल , त्यसमा लाग्ने गोलि १३ गोटा , म्याग्जिन ६ वटा तथा एयर गन १ नाल , मोबाईल २ थान, सिमकार्ड ४ थान, पेनद्राईभ १ थान र शेख एजाज महमदको नेपाली नागरिकता १ थान बरामद गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल मेड इन युएसएु र एक नाल मेड इन इन्डियाु लेखिएको छ । बरामद अबैध हतियारमा स्थानिय सेख बैतुल्लाह र शेख एजाजको संलग्नता रहेको एसपी श्रेष्ठले बताएका छन्।
उक्त घरमा ठूलो मात्रामा अवैध हतियार लुकाएर राखेको छ भने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट डिएस्पी केसीको कमाण्डमा टोली गएपछि टोलीको व्याकपको लागि आफू स्वयं घटनास्थल पुगेको थिए एस्पी श्रेष्ठले भने हाम्रो टोलीमा सिडियो धर्मेन्द्र कुमार मिश्र, सशस्त्रका एस्पी माधव रेग्मी, राष्ट्रीय अनुसंधान का एस्पी चन्दन कुमार झाको समेत सहभागिता थियो।
उक्त अपरेसन सफन बनाउन जिल्ला प्रहरी कार्यालय गौर, सशस्त प्रहरी बल हेक्वा गौर, ईलाका प्रहरी कार्यालय गरुडा, प्रहरी चौकी शुकदेव चौक, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट फतुवा सहित बाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको एस्पी श्रेष्ठले जानकारी दिएका छन्।
हाल उनीहरू दुवैजना फरार रहेकाले खोजी तथा हतियार कुन प्रयोजनको लागी त्यहाँ ल्याएको हो त्यस बारे थप अनुसन्धान भइरहेको एस्पी श्रेष्ठको भनाई रहेको छ।

मलहिनियाका स्थानिय महिलाहरुले प्रहरी द्वारा खानतलासी अघि
दुईवटा बाइकमा सशस्त्र प्रहरीको घुमुवा आएर शेख बैतुल्लाहको उक्त फुसको कच्ची चारैतिरबाट प्वाल रहेको घरमा प्रवेश गरेर झोलामा ल्याएका हतियार राखेर फोटो र भिडियो बनाउदै गर्दा स्थानीय बासिन्दाहरुले विरोध जनाएका थिए।
शेख बैतुल्लाहको भारतमा रहेका आफन्त वितेपछि त्यस तर्फ परिवार सहित गएकाले घरमा ताला लागेको अवस्था रहेको स्थानीयले बताए।
स्थानिय महिला सकिना खातुनले छिमेकका मानिसहरुलाई भेला गराई सशस्त्र प्रहरीको कार्यशैलिको बिरोध गरेपछि घुमुवाहरुले हामीहरुलाई कुटपिट गर्दा त्यहाँ ठूलो संख्यामा मानिस भेला भएको थियो।
सो पछि सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा करिव एक दर्जन भन्दा महिलाहरुलाई चोटपटक लागेको सकिनाले बताइन् ।
यमुनामाई गाउँपालिकाको अध्यक्ष शेख इर्शादले घटना सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय गौरमा डेलिगेशन लिएर जाने बताएका छन्।
अर्को तर्फ रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बैतुल्लाह र एजाज पहिलै देखि आपराधिक प्रवृत्तिका मानिस रहेको बताउँदै स्थानियहरुको आरोपको खण्डन गरेका छन्। सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मी भने सम्पर्कमा आएनन्।

प्रकाशित मिति:November 21, 2023