सेक्टर वन जंगलसैया द्वारा ४०६ क्युफिट सालको काठ सहित पिकअप बरामद

  Sampatti News Online

November 23, 2023

रौतहट । रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसैयाले नेपाली नम्बरको पिकअप गाडीमा ठूलो परिमाणमा सालको काठ सहित दुईजना तस्करलाई पक्राउ गरेको छ।
पक्राउपर्नेमा निजगढ नगरपालिका ८ का बादल सिंह र मकवानपुर बकैया गाउँपालिका २ का रबिन ब्लुन रहेको सहायक बन अधिकृत महमद आरिफ हुसैनके बताएका छन्। धनसार एरिया राष्ट्रीय बन बाट अबैधरूपमा कटानी गरी प्रदेश २-०३-० ०१च ५६७१ नम्बरको पिकअपमा लिएर गइरहेको अवस्थामा कामदार सगिर मियाँको कमाण्डमा सशस्त्र प्रहरी सहित गएको टोलीले गुजरा नगरपालिका पशुपती टोल नजिकै मंगलवार नियन्त्रणमा लिएको थियो। उक्त गाडी बाट ८० क्युफिट सालको गुलिया काठ बरामाद हुनुका साथै तस्कर द्धय सिंह र ब्लुन पक्राउ परेको सहायक बन अधिकृत हुसैनले जानकारी दिएका छन्।

काठ सहित गाडी र तस्करलाई आवश्यक कारवाहीको लागि डिवीजन बन कार्यालय चन्द्रिगाहपुर पठाईएको उनले जानकारी दिएका छन्।उक्त काठ संगै यस आर्थिक वर्षको गत साउन देखि हिजो मंगलबार सम्म सेक्टर वन कार्यालय जंगलशैयाको बन सुरक्षा टोलीले कुल ४०६ क्युफिट सालाजातको काठ बरामद गरिएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन्। अधिकृत मिश्रका अनुसार तस्करीको माध्यमले उक्त काठ ढुवानी गर्न प्रयोग गरिएको ४ थान टायर गाडा,१४ थान साईकल र चारजना तस्कर पक्राउ परेका थिए। चाडँ पर्वको अवसरमा तस्तरहरु राष्ट्रीय तथा साझेदारी बन बाट अबैध रुपमा काठ कटानी तथा ढुवानी गर्ने गरेको पाइन्छ। सञ्जय मिश्रा

प्रकाशित मिति:November 23, 2023