कटहरियामा युवा समूहबीच ग्याङ फाइट ३ जना गम्भीर

  Sampatti News Online

November 23, 2023

रौतहट ७ मंसिर। रौतहटको चर्चित बजार कटहरियामा दुई युवासमुह बिच ग्याङ फाइट हुँदा तीनजना युवकहरू घाईते भएका छन। बुधवार राती करीब ८ बजे कटहरिया नगरपालिका भवन छेउमा बिवेक जैसवाल, अन्जित कुमार साह नेतृत्वको युवासमुह बिच ग्याङ फाइट भएको थियो।

ग्याङ फाइटमा फलामको रड र कैंची, पेचकस , हथौडा हानाहान भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन। ग्याङ फाइटमा २० वर्षीय बिवेक जैसवालले पछाडी बाट घाँटीमा कैंची प्रहार बाट गम्भीर घाईते भएका छन्। त्यस्तै अर्को समूहको २० वर्षिय अन्जित कुमार साह र महेश कुशवाहाको टाउको तथा निधारमा फलामको रड प्रहार बाट घाईते भएका छन्। उनीहरूको कटहरियामा सामान्य उपचार पछि एम्बुलेन्स बाट थप उपचारको लागि रातिनै वीरगन्ज पठाईएको थियो। घाईतेहरुको वीरगन्ज स्थित सुर्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुर्या अस्पतालका डाक्टर सरोज कुमार सिंहका अनुसार घाईतेहरु खतरामुक्त रहेको बताएका छन्। गत आईतवार साँझ छठ पर्वको अवसरमा पूजा गर्न जाँदा कटहरिया ५ लालबकैया नदी किनारमा बिवेक र अन्जित बिच कुनै बिषयमा सामान्य भनाभन भएको थियो। त्यसको भोलिपल्ट गत सोमवार पिकनिक मनाउन जाँदा पनि उनीहरू बिच पुनः भनाभन भएको थियो।

सोही बिषय लिएर बुधवार साँझ दुबै समुह बिच भनाभन हुँदै ग्याङ फाइटमा परिणत भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई रामाछवेला यादवले बताएका छन। घाईते सबैको उपचार भईरहेको तथा घटना बारे थपअनसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

प्रकाशित मिति:November 23, 2023