पासवान माथि विभेद गर्ने शिक्षक, अधिकृत माथि कानुनी कारवाही गर्ने

Nepal Cover
७ मंसिर २०८०, बिहीबार
image

रौतहट ७ मंसीर। बिगतमा पत्रकारिता गर्दै हाल स्थानिय वृन्दावन नगरपालिकाका नगर कार्यपालिका बोर्डका सदस्य राजेश पासवान सँग छठघाटमा विभेद गर्ने गर्ने एकजना शिक्षक र अधिकृत माथि कानुनी कारवाही तर्फ जाने निर्णय गरिएको छ। जिल्लाको मध्यभाग श्रीराम सुगर मिल्स गरुडाको प्रागणमा रौतहटका दलित अगुवाहरूको बसेको बैठकमा बिभेद गर्ने ऊपर दुबैजना माथि मुदा प्रकृयामा जाने निर्णय गरेको हो। वृन्दावन नगरपालिका अन्तर्गत बहुअरी पिपरिया छेउ झाँझ नदी किनारको छठ घाट पन्डालमा पसेको निहुमा जातीय विभेद तथा छुवाछूतको बहानामा पासवान लाई भएको अभद्र व्यवहार गाली बेइज्जतीको विरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एकजना जसपाका नेता राजकुमार दाशले बताएका छन्।
वृन्दावन नगरपालिका घर भई श्रीसानू किम्ताङ माध्यमिक विधालय,म्याङ गाउँपालिका-४ नुवाकोटमा कार्यरत प्रधानाध्यापक भरत प्रसाद यादव,र अर्का स्थानिय अधिकृत पदका कर्मचारी शंकर ठाकुर लगायतले बिभेद संगै दुर्व्यवहार गरेको पीडित पासवानले बताएको छ। दलित नेटवर्कका अध्यक्ष धर्मेन्द्र पासवानको अध्यक्षतामा बुधवार गरुडामा बसेको बैठकमा रौतहटका दर्जनौं दलित अगुवाहरूको सहभागिता रहेको थियो। निर्णय अनुसार आज ईलाका प्रहरी कार्यालय गरुडामा पीडक दुबैजना बिरुद्द जाहेरी दर्ता गराउन जाने प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेमा आन्दोलन गर्ने बैठक बाट निर्णय भएको सहभागी जसपा नेता दाशले जानकारी दिएका छन्।
आरोपी शिक्षक र अधिकृत संग सम्पर्क हुन सकेको छैन।