युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकबीच मुठभेड

  Sampatti News Online

November 23, 2023

काठमाडौँ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा हानाहान भएको छ ।

काठमाडौँमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ । बल्खु चोकमा ढुंगा हानाहान भएको हो । तीनकुनेमा हुने प्रदर्शनका लागि युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका थिए ।

सोही क्रममा बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूहसँग ढुंगा हानाहान भएको हो । अहिले बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् । प्रदर्शन स्थल तीनकुने र बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आउने क्रम शुरु भएको छ ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:November 23, 2023