बल्खुमा तनाव: प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

  Sampatti News Online

November 23, 2023

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप सुरु भएकाे छ।

काठमाडौंको बल्खुमा भेला भएका व्यवसायी दुर्गा प्रसाईं समर्थक भीड कुलेश्वरतिर लागेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।​

बिहीवारको कार्यक्रम सकिएपछि प्रसाईं समर्थक भिड सिंहदरबार घेर्न जाने भन्दै कुलेश्वररित लागेका थिए ।

प्रदर्शनकारी कुलेश्वरबाट कालिमाटी हुँदै सिंहदरबारतिर जान खोजेका थिए । सपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।दिउँसो यही ठाउँमा युवा संघका कार्यकर्तासँग झडप भएको थियो ।

प्रकाशित मिति:November 23, 2023