काठमाडाैं । नबिल बैंक लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । मंसिर ७ गते (बिहीबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।