नबिल बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

  Sampatti News Online

November 23, 2023

काठमाडाैं । नबिल बैंक लिमिटेडले नगद लाभांश घोषणा गरेको छ ।  मंसिर ७ गते (बिहीबार)  बसेको बैंकको सञ्चालक समितिको बैठकले  आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति:November 23, 2023