नेप्से परिसूचकमा सामान्य अंकको सुधार

  Sampatti News Online

November 23, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार ९.८७ अंकले बढेर एक हजार ८ सय ६० दशमलब २० विन्दुमा बन्द भएको हो । बुधबार नेप्से २०.६७ अंकले बढेर एक हजार ८ सय ५० दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।               

त्यस्तै, आज एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएकामध्ये १९५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४० कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । साथै आज थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेड, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शयरमूल्य पनि ८ प्रतिशत भनदा बढीले बढेको छ । 

आज नबिल बैंक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.२० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार पनि नबिल बैंककै भएको छ । आज यस बैंकको १३ करोड १० लाख बराबरको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो।

प्रकाशित मिति:November 23, 2023