बल्खुमा प्रर्दशनकारी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त

  Sampatti News Online

November 23, 2023

काठमाडौँ। काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरुले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।

त्यस्तै केही समय अगाडि पनि बल्खु पुगेका प्रसाईं समूहमाथि युवा संघका प्रर्दशनकारीले आक्रमण गरेपछि केही समय अवस्था अशान्त बनेको थियो। दुवै पक्षले ढुंगा हानाहान गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनको लागि लाठ्ठीचार्ज गरेका थिए।

दुर्गा प्रसाईं समूह र युवा संघ नेपालले घोषणा गरेको कार्यक्रमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको हो।

प्रकाशित मिति:November 23, 2023