दुर्गा प्रसाईंद्धारा भोलिदेखि काठमाडौँ बन्दको घोषणा !

  Sampatti News Online

November 23, 2023

काठमाडौँ । दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन् ।

विहिवर बल्खुमा भएको प्रदर्शनपछि प्रसाईंले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन् । विहिवर बल्खुमा भएको आन्दोलनमा प्रहरिको हस्तक्षेपमा आफुतर्फका केहि र प्रहरितर्फका बढि घाईते भएका छन् । विहिवर (आज) केहि मात्रा काठमाडौँ खुले पनि भोलिदेखि काठमाडौँ पूर्ण रुपले बन्द हुने प्रसाईंको दाबी छ ।
प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । सो झडपमा २६ जना घाइते भएका छन् । बल्खु चोकबाट कालिमाटीतर्फ जान लाग्दा प्रसाई पक्षका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो ।

दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष मण्डलका सदस्य एवं संगठन तथा कार्यक्रम विभाग प्रमुख हरी कार्कीले शान्तिपुर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाए । प्रदर्शनको क्रममा प्रहरीले अत्यधिक दमन गरेको उनको आरोप छ ।

प्रकाशित मिति:November 23, 2023