केएनपी द्वारा हिमाली माबिलाई निशुल्क लाखौंको पेन्ट प्रदान

  Sampatti News Online

November 24, 2023

रौतहट ८ मंसिर। रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकास्थित हिमाली माबि भवनको लागि के एनपी कम्पनीले लाखौंको ईनामेल पेन्ट निशुल्क प्रदान गरेको छ।
के एनपी जापानी कम्पनीका नेपाली प्रतिनिधि मनोज मिश्रले हिमालिबास स्थित माविको भवन रंगरोगनको लागि प्रधानाध्यापक बाबुराम आचार्य लाई एक समारोह बिच चारलाख २३ हजार २३० बराबरको पेन्ट निःशुल्क प्रदान गरेका हुन। फतुवा बिजयपुर नगरपालिका १० स्थित हिमाली माबि भवनको लागि आवश्यक रङ उपलब्ध गराइदिन गरिएको बिशेष अनुरोध पछि के कम्पनीले उक्त परिमाण बराबरको बिभिन्न कलरको पेन्ट निशुल्क प्रदान गरेको कम्पनीका प्रतिनिधि मिश्रले जानकारी दिएका छन्।
के एनपी कम्पनीले उपलब्ध गराएको उक्त इनामेल पेन्ट बाट बिद्यालय भवन रंग रोगनको लागि प्रयाप्त हुने प्रधानाध्यापक आचार्यले जानकारी दिएका छन्। हिमाली माबिमा एकहजार भन्दा बढी विद्यार्थी अध्यनरत छन्, लामो समय देखि बिद्यालय भवनको रंगरोगन नभएपछि जीर्ण बनेको थियो।

प्रकाशित मिति:November 24, 2023