नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ?

Nepal Cover
८ मंसिर २०८०, शुक्रबार
image

काठमाडौँ। नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।

सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीको काज सरूवा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा भएको छ। उनको ठाउँमा भने भूपेन्द्रबहादुर खत्री आएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा वीरेन्द्रनगरमा रहेका गोपालचन्द्र भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय उपराध तथा अनुसन्धान महाशाखा हेटौंडामा सरूवा भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौंडामा रहेका दीपक रेग्मीको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरूवा भएको छ।

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालका सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालय सिंहदरबारमा सरूवा भएको छ।