खुंखार राँगाको आक्रमणबाट मेयरको गाँउमा वृद्धको मृत्यु १ दर्जन बढी घाईते

  Sampatti News Online

November 24, 2023

रौतहट ८ मंसीर। रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा रांगाको आक्रमण बाट एक जना वृद्धको मृत्यु भएको छ। पटकपटक राँगाको आक्रमण बाट १ दर्जन भन्दा बढी मानिस घाईते भएका छन् । आफ्नो घरमै रहेको अवस्थामा एक्कासी बुधवार साँझ राँगाको आक्रमणबाट घाईते भएका कटहरिया ९ डुमरिया गाँउका ७० बर्षिय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। यस अघि उक्त राँगाको पटकपटकको आक्रमण बाट १ दर्जन बढी मानिस सामान्य घाईते भएको स्थानीय समाजसेवी बच्चालाल यादवले बताएका छन्।
स्थानिय समाजसेवी यादवका अनुसार आक्रमण बाट स्थानिय राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाईते भएर बिभिन्न अस्पतालमा उपचार भएको थियो। पछिल्लो ६ महिना अघि कतै बाहिर बाट आएका उक्त राँगाले आक्रमण गरेर कैयौं भैंसी लाई घाईते बनाएका छन भने कैयौं घरको घेरावेरा भत्काएको छ। अतिनै खुंखार प्रबृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटकपटक गाउँलेहरुले आग्रह गर्दा उक्त वडाका अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले कुनै वास्ता नगरेको कारण मानिस मृत्युको घटना हुनगएको गाउँलेहरुले गुनासो गरेका छन्। डुमरिया वडा अध्यक्ष र मेयरको बसोबास गर्ने गाँउ हो। सञ्जय मिश्रा

प्रकाशित मिति:November 24, 2023