November 24, 2023
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आज मंसिर ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गनरेको छ ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्टाएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।
कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिनेछ ।
अंकित मूल्य १०० का दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ ।
प्रकाशित मिति:November 24, 2023