उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट

  Sampatti News Online

November 24, 2023

काठमाडौं : उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रबार (मंसिर ८ गते) बाँडफाँट भएको छ । यसमा कुल १७ हजार ८४५ जना सर्वसाधारण आवेदकहरुले गालाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये १ जनाले ११ कित्ता र अर्को १ जनाले १०.१८ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

यस एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएकामा ३२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । योग्य १० लाख ७२ हजार ४४३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । 

कम्पनीले गत कात्तिक २१ देखि २४ गतेसम्म एफपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको हो ।  

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत छ । उक्त पूँजी संरचनालाई विद्यमान ऐन अनुसार सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ निष्कासन गरेको हो ।  

प्रकाशित मिति:November 24, 2023