सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ किनबेच ?

  Sampatti News Online

November 24, 2023

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो । 

प्रकाशित मिति:November 24, 2023