प्रसाईंद्धारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

Nepal Cover
८ मंसिर २०८०, शुक्रबार
image

काठमाडौं- गणतन्त्र विरोधी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्धारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकाे छ ।  प्रसाईंलाई घरमै नजरबन्द गरेर राखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रसाईं पक्षका कानुन व्यवसायीले शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे। रिटमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलाई विपक्षी बनाइएको छ।

प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले उनलाई घरबाट निस्कन दिएको छैन। भक्तपुरस्थित प्रसाईंको घर वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थित छ। उनी घरबाट बाहिर निस्केका छैनन्।