रौतहटमा एकजना युवकको शंकास्पद मृत्यु

  Sampatti News Online

November 25, 2023

रौतहट । रौतहट स्थित एकजना अपरिचित युवकको शंकास्पद मृत्यु भएको छ। जिल्ला सदरमुकाम गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाँझ खोलाको निर्माणाधिन पुलको पूर्वी पिलरको रिंगमा बेवारिसे अवस्थामा शुक्रवार उक्त अपरिचित युवकको शव बरामद भएको हो।
यमुनामाई ४ र दुर्गा भगवती गाउँपालिका ५ को सीमानामा पर्ने उक्त नदीको पुलको पिलरको रिंग भित्र अन्दाजी २४–२५ बर्षको युवकको शव विहान स्थानीयहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।
स्थानिय प्रत्यक्षदर्शीले युवकको कुटपिट पछि कसैले हत्या गरेर दुई दिन अघि उक्त रिंगमा फालेको हुनसक्ने आशंका गरेका छन्।
जिल्ला प्रहरी कार्यालय गौरबाट घटनास्थल पुगेका अनुसन्धान अधिकृत इन्सपेक्टर उमाशंकर गुप्ताले घटना प्रकृति र शवको अवस्था अनुसार युवकको कसैले हत्या गरेको होईन आफैले पानीमा हामफालेर आत्महत्या गरेको हुनसक्छ। शवको छाला आफै खुईलि रहेकाले कम्तीमा छौ सातदिन अघि मृत्यु भएको हुनसक्ने इन्स्पेक्टर गुप्ताको अनुमान छ। औपचारिक रूपमा अहिले सम्म शवको सनाखत हुन सकेको छैन। तर केहीदिन अघि दुर्गा भगवती गाउँपालिका ५ का २५ बर्षीय अरबिन्द सहनी घर बाट बेपता भएको थियो। शव बरामद भएपछि उसको आमालाई बोलाएर सनाखत गराउने प्रयास गरियो तर शव हेरेर सहनीको आमा अचेत भएकाले ठम्याउन नकाइएको इन्स्पेक्टर गुप्ताले जानकारी दिएका छन।सहनीको आमाले बताएको अन्य निसान तथा चिन्ह हरु मृतक संग मेल खाएको छ। इन्सपेक्टर गुप्ताले भने केही निसान मिलिरहेको छ, मृतकको पाकिटमा मोबाईल र भने अनुसारको नम्बरको सिम समेत बरामद भएकाले उक्त शव सहनीको नै हुनुपर्ने प्रहरीको अनुमान छ। शव पष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति:November 25, 2023