रौतहट ९ मंसीर।
रौतहटको कटहरिया नगरपालिकाकी नगर उपप्रमुख रिता देवी यादवको फेसबुक आईडी ह्याक भएको छ । ह्याकरले उपमेयर यादवको फेसबुक दुईदिन अघि ह्याक गरेको हो। ह्याकरले उपमेयर यादवको आईडीवाट केही अभद्र पोस्ट समेत गरेको छ ।
साथै उपमेयर रिता देवी यादवको फेसबुक आईडीमा कुनै नायिकाको तस्वीर समेत राखेको छ। यसै बिच उनका श्रीमान जवाहर प्रसाद यादवले फेसबुक ह्याक गर्नेमाथि आवश्यक कारवाहीको लागि सियाईबि साईबर ब्युरोमा लिखित निवेदन दिएर कानुनी प्रक्रिया अगाडि बढाइएको बताएका छन् । उनले उपमेयर जस्तो गरिमा युक्त पदको मानिसको फेसबुक बाट अभ्रद गरिरहेकाले ह्याकर लाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
