रौतहट १० मंसीर। डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद कुमार सिंहलाई काठमाडौं स्थित एक समारोहका बिच सम्मानित भएका छन्। नेपाल वन प्राविधिक संघ द्वार बब्बरमहालमा बब्बरमहलमा शनिवार आयोजीत कार्यक्रममा वन संरक्षण र व्यवस्थानपनमा खेलेकाे भूमिकाकाे उच्च कदर गर्दै प्रमुख सिंहलाई उपराष्ट्रपति रामसहाय यादव र संघका अध्यक्ष किरण पौडेलले सम्मानित गरेका थिए।
संघको साधारणसभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति यादव र संघका प्रमुख पौडेलले डिविजन प्रमुख सिंह लाई दोसाला ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए। कार्की बैङ्कमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादवका साथै बन मन्त्रालयका सचिव नेपाल वन प्राबिधिक संघका पदाधिकारीहरु, लगायत नेपाल सरकारका बिशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागिता रहेको थियो।डिवीजन प्रमुख बिनोद कुमार सिंह यसअघि रौतहट डिवीजन बन कार्यलयको प्रमुख हुँदा पनि बनको संरक्षणमा अहोरात्र खट्दै आएका थिए। रौतहटमा सिँह प्रमुख हुँदा अवैध चोरी कटानी तथा काठ तस्करी तुलनात्मक रूपमा अत्यन्तै न्यून रहेको थियो । उनको कार्यकालमा तस्करहरु पूर्णरुपमा हरेस खाएको स्थानीयहरुले बताएका छन्। सञ्जय मिश्रा