लोक सेवामार्फत नाम निस्किएर पनि स्थायी नियुक्ति लिन आएनन्

Nepal Cover
१० मंसिर २०८०, आईतवार
image

काठमाडौँ । लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन सडक विभागले आग्रह गरेको छ । 

लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि ९ जना स्थायी नियुक्ति लिन नआएको भेटिएको छ । लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पास गरी सडक विभाग अन्र्तगत नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूह,राजपत्र अनकिंत (प्रथम श्रेणी) सब इञ्जिनियर पदमा सिफारिस भइ गत कार्तिक २१ गतेको निर्णयअनुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेश गरी नियुक्ति लिन आउन भन्दै सडक विभागले सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनामा म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने ब्यहोरासमेत जानकारी गराएको छ ।