शेयर बजारमा उच्च अंकको वृद्धि, २ अर्ब नाघ्यो कारोबार रकम

  Sampatti News Online

November 26, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक महिना पछि १९०० विन्दुभन्दा माथि पुगेको छ। गत कात्तिक २ गते १९०० विन्दु माथि बन्द भएको नेप्से, सोपश्चात आज (मंसिर १० गते) १९०० विन्दुभन्दा माथि पुगेको हो।

नेप्से परिसूचक साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ४७.७५ अंकले बढेर एक हजार ९ सय ७ दशमलब ९७ विन्दुमा बन्द भएको हो ।                 

त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ । आज दुई अर्ब एक करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड र भगवती डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । 

आज विजय लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक, रावा इनर्जि डेभलपमेन्ट कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो इनर्जि लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था, एनएमबी सुलभ इनभेस्टमेन्ट फण्ड २, आशा लघुवित्त वित्तीय संस्था र आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज २ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस बैंकको ११ करोड ६६ लाख बराबरको कारोबार भएको छ ।   

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.४४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति:November 26, 2023