सामुदायिक वनका सचिव पक्राउ

  Sampatti News Online

November 26, 2023

धनगढी- कैलालीमा काठ चोरीको आरोपमा सामुदायिक वनका सचिव पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्माको शिव दर्शन एकता सामुदायिक वनका सचिव गयाप्रसाद राना काठ चोरीको आरोपमा पक्राउ परेका हुन् ।

डिभिजन वन कार्यालय, धनगढीका प्रमुख रामचन्द्र कडेलका अनुसार काठको गोलिया चोरी आरोपमा उनी मंसिर ४ गते पक्राउ परेका हुन्। उनले मंसिर ४ गते फूलबारी सव डिभिजनका कर्मचारीले रानालाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १४ फिट लम्बाइको सालको गोलियासहित पक्राउ गरेको हो। उनी विरुद्ध मुद्‍दासमेत दर्ता गरिएको कडेलले बताएका छन्।

प्रकाशित मिति:November 26, 2023