वैशाखमा लगानी सम्मेलन हुँदै

  Sampatti News Online

November 26, 2023

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने भएको हो ।

‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा समिति समेत बनेको छ । तयारी समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ ।

पहिलो लगानी सम्मेलन सन् २०१७ मा भएको थियो। त्यतिवेलामा १७.७४ अर्ब अमेरिकी डलरको लगानी प्रतिबद्धता आएको थियो। सन् २०१९ मा आयोजना गरिएको सम्मेलनमा ७० वटा लगानीका आवेदन प्राप्त भएका थिए।

प्रकाशित मिति:November 26, 2023