योगेश भट्टराईमाथि गृहजिल्लामा विरोध प्रदर्शन

  Sampatti News Online

November 26, 2023

पूर्वमन्त्री तथा एमाले सचिव योगेश भट्टराईको घरअगाडि पूर्वका पहिचानवादीहरूले विरोध प्रदर्शन गरेका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई कालो झन्डा देखाउँदै फुङलिङस्थित उनको निवास अगाडि पहिचान पक्षधरहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । प्रहरीका अनुसार त्यसक्रममा दुई पक्षबीच सामान्य धकेलाधकेलसमेत भएको थियो ।

सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बाेले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन्।

प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता–कार्यकर्ताबीच ठेलमठेलसमेत भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिबीच दुई पक्षबीच भिडन्त हुनबाट भने रोकिएको थियो।

सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बाेले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन्।

यसअघि पहिचान पक्षधर समूहले सचिव भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेको थियो ।

प्रकाशित मिति:November 26, 2023