नेपाल सरकारका ७१ सहसचिव को कहाँ पुगे (सूचीसहित)

  Sampatti News Online

November 26, 2023

काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट दुई जना बाहिरिए। पार्वती शर्मा काफ्ले अर्थ मन्त्रालयमा भने भोलाप्रसाद दाहाल गृह मन्त्रालयमा सरुवा हुनुभएको छ।सहसचिव काफ्ले काबिल र नतिजा दिन सक्ने प्रशासनका रुपमा परिचित हुनुहुन्छ ।
महिनौँको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्‍याइएको हो । सरुवाको सूची अनुसार नेपाल प्रशासन समूहका ५०,शिक्षा समूहका ६,वन सेवाको ४,इञ्जिनियरिग सेवाका ९,स्वास्थ्य सेवातिरका १ जना सहसचिव सरुवामा परेका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरेको हो ।

प्रकाशित मिति:November 26, 2023