रौतहट १२ मंसिर। नेकपा एमाले जिल्ला कमिटी रौतहटको जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ। एमाले जिल्ला कमिटी रौतहटको सोमवार पार्टी कार्यालय गरुडामा बसेको सचिवालय वैठकले उक्त निर्णय गरेको हो। बैठकले माघ १२ र १३ गते पार्टीको दशौ जिल्ला अधिवेशन गर्ने निर्णय गर्नुका साथै पुष छ गते जिल्ला कमिटीको पूर्ण वैठक आयोजना गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश कमिटी सदस्य रामजी साहले बताए।
त्यसैगरी नेकपा एमालेको झुलाघाट- चिवाभन्ज्यांग यात्रा सफल पार्न कृयाशिल हुने निर्णय बैठकले गरेको थियो।नेकपा एमाले जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्य द्धय उद्दव रेग्मी, अजय गुप्ता, केन्द्रिय लेखा आयोग सदस्य राजकिशोर यादव प्रदेश कमिटी सदस्यहरू बिना साह, हिरा खपाङ्गी गौरीशंकर जैसवाल जिल्ला अध्यक्ष सच्चिदानन्द साह लगायतको उपस्थिति रहेको जिल्ला प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी दिएका छन्। सञ्जय मिश्रा
