नेप्सेमा सामान्य अंकको गिरावट

Nepal Cover
१२ मंसिर २०८०, मंगलवार
image

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) पनि शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से आज थप २.१७ अंकले घट्दै १८९४.५३ बिन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज कारोबार रकम पनि संकुचन भएको छ । हिजो सोमबार एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज एक अर्ब २८ करोड २ लाख रुपैयाँको मात्रै कारोबार भएको हो । १०२ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १२६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य यथावत्‌ छ ।


आज कारोबार भएकामध्ये बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर ३९४.८० रुपैयाँ पुगेको छ । नारायणी विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक ५।३३ प्रतिशत गुमाएका छन्‌ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य २० रुपैयाँले घट्दै ३५५ रुपैयाँ कायम भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ८ करोड ५९ लाख बराबरको कारोबार भएको हो ।   

शेयर लगानकर्ताहरु मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रतिक्षामा देखिएका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ता भने ‘पर्ख र हेर’ को अवस्थामा देखिएका हुन।

राष्ट्र बैंकले यसै साताभित्र चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। उक्त समीक्षामा शेयर बजारलाई समेत सम्बोधन गर्ने अपेक्षामा लगानीकर्ता छन्।