पर्सा १३ मंसीर। पर्सा जिल्लाको ईलाका प्रहरी कार्यालय पतेर्वा सुगौलिका प्रमुख इन्स्पेक्टर रामराज केशरीको सक्रियतामा अबैध बालुवा बोकेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
साथै भारत बाट अवैधरूपमा भित्र्याएको कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ। बिरगंज महा नगरपालिका ३१ स्थित भेडाहा खोलामा ना.२ त ६४३२ नं को ट्रक्टरमा अबैध रुपमा बालुवा निकाली लोड गरी राखेको अवस्थामा प्रहरी चौकी मिलन पर्साबाट खटिएको गस्ती टोलीले फेला पारी मंगलवार नियन्त्रणमा लिएको इन्स्पेक्टर केशरीले बताएका छन्।
त्यसैगरी जिरा भवानी गाउँपालिका ३ परसावा विद्यालय नजिकै कुखुरा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको ४० किलो कुखुरा कार्यालयबाट खटेको गस्ती टोलीले नियन्त्रणमा लिई ई प्र का सेढ्वामा लागि स्थानिय जनप्रतिनिधि पत्रकर समेत को उपस्थिति मा खाल्टो खानी नष्ट गरिए को इन्स्पेक्टर केशरीले जानकारी दिएका छन्।