नेपाल वेयरहाउजिङ्गकाे आईपीओमा माग भन्दा झण्डै १२ गुणा बढी आवेदन

Nepal Cover
१४ मंसिर २०८०, बिहीबार
image

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा माग भन्दा ११.९५ गुणा आवेदन परेकाे छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओका लागि १२ लाख ५७ हजार ७५६ वटा आवेदन परेको छ । यसैगरी, कम्पनीको एक करोड ३६ लाख ४३ हजार ३्९० कित्ता शेयर माग भएको छ । कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। यसरी, कम्पनीको आईपीओका लागि आवेदन दिने ११ लाख ४३ हजार ६३१ जनाले शेयर नपाउने देखिन्छ ।

त्यसैगरी, कम्पनीले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको थियाे। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।